Sunday, September 3, 2017

हावापानी: किसिम र विशेषता

हावापानीको आधारमा नेपालको वर्गीकरण
फरकफरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारकोहावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छ:
१. उष्ण मनसुनी हावापानीः समुन्द्री सतहदेखि १२०० मिटरसम्मको उचाईमा
२. न्यानो समशीतोष्ण हावापानी: १२०० मिटरदेखि २१०० मिटरसम्म
३. ठण्डा समशीतोष्ण हावापानी: २१०० मिटरदेखि ३३०० मिटरसम्म
४. लेकाली हावापानी: ३३०० मिटरदेखि ५००० मिटरसम्म
५. हिमाली हावापानी: ५००० मिटरदेखि ८८४८ मिटरसम्म

 उष्ण मनसुनी हावापानी
        समुद्र सतहदेखि करिब १,२०० मिटर (४०००फिट) उचाईसम्मका क्षेत्रहरू तराई, भावर, दुन र चुरे       पर्वतको फेदतिर पाइने हावापानीलाई उष्ण हावापानी क्षेत्र भनिन्छ ।
        यस क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५४० डिग्री से. सम्म हुन्छ भने शीतकालमा १५—         ५ डिग्री से.सम्म ओर्लिन्छ ।
     अन्य क्षेत्रको तुलनामा यहाँ अत्याधिक गर्मी हुन्छ । जसमा बर्दिया, नेपालगन्ज, कैलाली, भैरहवा,        विराटनगर, बुटवल जस्ता ठाउँहरू पर्दछन् ।

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन, घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । कृषि प्रधान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल ४०.३६% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र (४.३८%) समेतलाई लिँदा कूल क्षेत्रफलमा ४४.७४% वन क्षेत्रले ढाकेको छ । वन रहेको उचाई, यसको प्रकृति, प्रकार विशेषता आदिको आधारमा वनलाई निम्नानुसार विभाजन गरिएको छ: 
१) उपोष्ण सदाबहार वन
        तराई भावर, दुन र चुरे पहाडको करिब १,२०० मिटर (समुद्र सतहबाट) सम्मको उचाईमा अग्ला, मोटा तथा सदाबहार प्रकृतिको रुखहरू पाइने वन क्षेत्रफललाई उपोष्ण प्रदेशीय सदाबहार वन भनिन्छ । यस क्षेत्रमा वर्षा र तापक्रम प्रशस्त हुने ।
        साल, सिसौ, खयर, सतिसाल, सिमल आदि कडा खालका रुखहरू पाइने ।
        चारकोशे झाडीको रूपमा समेत चिनिने

नक्सासम्बन्धी सामान्य जानकारी

ठाउँ वा स्थानविशेषलाई चिनाउन तथा त्यसको अवस्थिति, क्षेत्रफल पहिचान गर्नका लागि नक्साको प्रयोग गरिन्छ । पृथ्वीको सतहका खास गरी भौतिक र राजनीतिक तथ्य एवं अवस्थाहरु देखाउनका लागि कोरिएको चित्रलाई नक्सा भनिन्छ । नक्सा रेखा चित्रबाट तयार गरिन्छ । भौतिक पक्ष देखाउने नक्सालाई भौतिक नक्सा (Physical Map) र राजनीतिक पक्षलाई देखाउने नक्सालाई राजनीतिक नक्सा (Political Map) भनिन्छ । असंख्य सूचनालाई केही पेजमा नक्साद्वारा प्रस्तुती गर्न सकिन्छ । नक्सामा ठाउँ अभावका कारण विभिन्न कुराहरु देखाउन संकेतको प्रयोग गरिन्छ जसको अर्थ नक्साको तल माथि कतै खुलाइएको हुन्छ । प्रयोजन देखाइएका विषय वस्तु र बनोटका आधारमा नक्सालाई तीन प्रकारमा विभाजन गरिएको पाइन्छ  ।