Sunday, September 3, 2017

हावापानी: किसिम र विशेषता

हावापानीको आधारमा नेपालको वर्गीकरण
फरकफरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारकोहावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छ:
१. उष्ण मनसुनी हावापानीः समुन्द्री सतहदेखि १२०० मिटरसम्मको उचाईमा
२. न्यानो समशीतोष्ण हावापानी: १२०० मिटरदेखि २१०० मिटरसम्म
३. ठण्डा समशीतोष्ण हावापानी: २१०० मिटरदेखि ३३०० मिटरसम्म
४. लेकाली हावापानी: ३३०० मिटरदेखि ५००० मिटरसम्म
५. हिमाली हावापानी: ५००० मिटरदेखि ८८४८ मिटरसम्म

 उष्ण मनसुनी हावापानी
        समुद्र सतहदेखि करिब १,२०० मिटर (४०००फिट) उचाईसम्मका क्षेत्रहरू तराई, भावर, दुन र चुरे       पर्वतको फेदतिर पाइने हावापानीलाई उष्ण हावापानी क्षेत्र भनिन्छ ।
        यस क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५४० डिग्री से. सम्म हुन्छ भने शीतकालमा १५—         ५ डिग्री से.सम्म ओर्लिन्छ ।
     अन्य क्षेत्रको तुलनामा यहाँ अत्याधिक गर्मी हुन्छ । जसमा बर्दिया, नेपालगन्ज, कैलाली, भैरहवा,        विराटनगर, बुटवल जस्ता ठाउँहरू पर्दछन् ।

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन, घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । कृषि प्रधान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल ४०.३६% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र (४.३८%) समेतलाई लिँदा कूल क्षेत्रफलमा ४४.७४% वन क्षेत्रले ढाकेको छ । वन रहेको उचाई, यसको प्रकृति, प्रकार विशेषता आदिको आधारमा वनलाई निम्नानुसार विभाजन गरिएको छ: 
१) उपोष्ण सदाबहार वन
        तराई भावर, दुन र चुरे पहाडको करिब १,२०० मिटर (समुद्र सतहबाट) सम्मको उचाईमा अग्ला, मोटा तथा सदाबहार प्रकृतिको रुखहरू पाइने वन क्षेत्रफललाई उपोष्ण प्रदेशीय सदाबहार वन भनिन्छ । यस क्षेत्रमा वर्षा र तापक्रम प्रशस्त हुने ।
        साल, सिसौ, खयर, सतिसाल, सिमल आदि कडा खालका रुखहरू पाइने ।
        चारकोशे झाडीको रूपमा समेत चिनिने

नक्सासम्बन्धी सामान्य जानकारी

ठाउँ वा स्थानविशेषलाई चिनाउन तथा त्यसको अवस्थिति, क्षेत्रफल पहिचान गर्नका लागि नक्साको प्रयोग गरिन्छ । पृथ्वीको सतहका खास गरी भौतिक र राजनीतिक तथ्य एवं अवस्थाहरु देखाउनका लागि कोरिएको चित्रलाई नक्सा भनिन्छ । नक्सा रेखा चित्रबाट तयार गरिन्छ । भौतिक पक्ष देखाउने नक्सालाई भौतिक नक्सा (Physical Map) र राजनीतिक पक्षलाई देखाउने नक्सालाई राजनीतिक नक्सा (Political Map) भनिन्छ । असंख्य सूचनालाई केही पेजमा नक्साद्वारा प्रस्तुती गर्न सकिन्छ । नक्सामा ठाउँ अभावका कारण विभिन्न कुराहरु देखाउन संकेतको प्रयोग गरिन्छ जसको अर्थ नक्साको तल माथि कतै खुलाइएको हुन्छ । प्रयोजन देखाइएका विषय वस्तु र बनोटका आधारमा नक्सालाई तीन प्रकारमा विभाजन गरिएको पाइन्छ  ।

Thursday, August 17, 2017

अफ्रिका महादेश सम्बन्धि महत्वपूर्ण जानकारी

बिषयगत जानकारी
विश्व भूक्षेत्रफलको २०.२५ प्रतिशत ओगटेको विश्वको दोस्रो ठूलो महादेश अफ्रिकालाई भूमध्यरेखाले लगभग बीच भागबाट काटेर गएको छ । 
यो महादेश ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांशसम्म र २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ ।
उत्तर दक्षिण लम्वाइ सरदर ८००० कि.मि. र पूर्व पश्चिम चौडाइ ७४४० कि.मि. रहेको छ ।
धेरै जनसंख्या भएको देशनाइजेरिया (अफ्रिका) (सन् २०१३मा १८ करोडभन्दा बढी)
सबैभन्दा ठूलो ताल भिक्टोरिया  (६८,८०० वर्ग कि.मि.) 
प्रमुख नदीहरूनाइल, नाइजर, कङ्गो, जेम्वे जी 
मरूभूमी –  सहारा (अफ्रिकाको सबैभन्दा ठूलो), कालाहारी 

भौगोलिक अवस्था/स्वरूप: किसिम र विशेषताहरू

नेपालको भौगोलिक अवस्थिति
दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।
कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भूभागको ०.०३% र एसिया महादेशको ०.३% भूभाग ओगटेको छ । नेपालको पूर्व पश्चिम लम्बाई ८८५ कि.मि. छ । उत्तर दक्षिण चौडाई अधिकतम २४१ कि.मि., न्यूनतम १४५ कि.मि. र सरदर चौडाई १९३ कि.मि. रहेको छ ।

जलसम्पदाः स्थिति र महत्व

जलसम्पदा
जल प्राप्त हुने सबै किसिमका स्रोतहरूको समष्टिलाई जल सम्पदा भनिन्छ । जुन प्राकृतिक स्रोतकोरूपमा नदी, ताल, पोखरी, झरना लगायतका विभिन्न स्वरूपमा पाइन्छ ।
           जलसम्पदा नेपालको एक महत्वपूर्ण प्राकृतिक संसाधन हो । 
           जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
           देशको आर्थिक विकासका लागि महत्वपूर्ण स्थान ओगट्ने हिमनदी, नदी, ताल आदिको समष्टि स्वरूपलाई नै जलसम्पदा भनिन्छ । 
नेपालको जलसम्पदाको स्थिति
           नेपालको जलसम्पदाको प्रमुख स्रोतहरू भनेको
           हिमनदीहरू
           नदीहरू – (करिब ६ हजारभन्दा बढी नदीनालाहरू)
           विभिन्न स्थानमा रहेका ताल, तलैया र कुण्डहरू आदि हुन् ।

Wednesday, August 16, 2017

एसिया महादेश सम्बन्धि महत्वपूर्ण जानकारी

एसिया महादेश सम्बन्धि महत्वपूर्ण जानकारी
बिषयगत जानकारी
पृथ्वीको १० डिग्री दक्षिणदेखि ७८ डिग्री उत्तरी अक्षांश र २५ डिग्री पूर्वदेखि १७० डिग्री पूर्वी देशान्तर सम्म फैलावट भएको सबैभन्दा ठूलो स्थलखण्ड करिब ४,४५,७९,००० वर्ग कि.मि. मा फैलिएको छ ।
 भूगोल र जनसंख्या दुवै हिसावले एशिया विश्वको सवैभन्दा ठूलो महादेश हो । 
एशिया महादेशको उत्तरदक्षिण चौडाइ

ग्रहहरु सम्बन्धी जानकारी

बुध (Mercury)
v  यो ग्रह सूर्यबाट सबैभन्दा नजिकको र सौर्य परिवारको सवैभन्दा सानो ग्रह हो ।
v  यस ग्रहको कुनै पनि उपग्रह रहेको छैन ।
v  यो ग्रह सूर्यबाट ५७९.०९ लाख कि.मि. टाढा छ भने यस ग्रहको व्यास ४८७९.०९ कि.मि. रहेको छ ।
v  यस ग्रहलाई सूर्यको परिक्रमा गर्न ८८ दिन र आफ्नो अक्षमा परिक्रमा गर्न ५८.६५ दिन लाग्दछ ।
v  यस ग्रहमा सूर्यको भाग तर्फको तापक्रम ४०० डिग्री सेन्टिग्रेड र सूर्य नपर्ने भागको तापक्रम २७३ डिग्री सेन्टिग्रेडसम्म हुने गर्दछ ।
शुक्र (Venus)
v  सौर्यमण्डलमा रहेका ग्रहहरूमध्ये शुक्र ग्रहले सूर्यलाई केन्द्र वनाई दोस्रो स्थानमा रहेर परिक्रमा गर्दछ ।
v  शुक्र ग्रहको भार तथा आकार लगभग पृथ्वी जति नै छ भने