बिषयगत जानकारी
– विश्व भू–क्षेत्रफलको २०.२५ प्रतिशत ओगटेको विश्वको दोस्रो ठूलो महादेश
अफ्रिकालाई भू–मध्यरेखाले लगभग बीच भागबाट काटेर गएको छ ।
– यो महादेश ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी
अक्षांशसम्म र २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म
फैलिएको छ ।
– उत्तर दक्षिण लम्वाइ सरदर ८००० कि.मि. र पूर्व पश्चिम चौडाइ ७४४०
कि.मि. रहेको छ ।
– धेरै जनसंख्या भएको देश– नाइजेरिया (अफ्रिका) (सन् २०१३मा १८
करोडभन्दा बढी)
– सबैभन्दा ठूलो ताल – भिक्टोरिया (६८,८०० वर्ग कि.मि.)
– प्रमुख नदीहरू– नाइल, नाइजर, कङ्गो, जेम्वे जी
– मरूभूमी – सहारा (अफ्रिकाको सबैभन्दा ठूलो), कालाहारी
– खनिज पदार्थ– सुन, हिरा, तामा, खनिज तेल आदि
– अफ्रिकाको घासे मैदानलाई भेल्ड भनिन्छ ।
– पूर्वमा हिन्द महासागर र लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भू–मध्यसागर र दक्षिणमा
कुमेरू महासागर रहेका छन् ।
– यस महादेशमा ५४ स्वतन्त्र देशहरू रहेका छन् जसमध्ये १६ वटा
भूपरिबेष्ठित राष्ट्र छन् ।
– यहाँ विश्वको १५ प्रतिशत जनसंख्याको बसोबास रहेको छ ।
– महादेशको सबैभन्दा उच्च स्थान किलिमन्जरो पर्वत तान्जानियामा रहेको छ
। यसको उच्च भाग–माउण्ट कोवो ५८९५ मिटर, होचो भाग– जिवुटीमा पर्ने लेक
असाल (समुद्री सतहबाट ५१० फिट गहिरो)
अफ्रिका महादेश
सम्बन्धी महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर
– अफ्रिका महादेशले विश्व भू–क्षेत्रको कति प्रतिशत भाग ओगटेको छ ? - २०.२५ प्रतिशत
– विश्वमा सबैभन्दा बढी देशहरू भएको महादेश कुन हो ? - अफ्रिका
– अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? - किलिमन्जरो (५,८९५ मिटर)
– अफ्रिका महादेशको सबैभन्दा सानो देशको नाम के हो ? - सेशेल्स ( Seychelles)
– क्षेत्रफलका हिसाबले विश्वको दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका
– अफ्रिका महादेश कति अक्षांशमा फैलिएको छ ? - ३७ डिग्री उत्तरी
अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांसम्म
– अफ्रिका महादेश कति देशान्तरमा फैलिएको छ ? - २० डिग्री पश्चिम
देशान्तरदेखि ५० डिग्री पूर्वीदेशान्तरसम्म
– अफ्रिका महादेशको उत्तर–दक्षिण लम्बाइ कति छ ? - ८००० किलोमिटर
– अफ्रिका महादेशको पूव–पश्चिम चौडाइ कति छ ? - ७४४० किलोमिटर
– अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भू–मध्यसागर पर्दछन भने
दक्षिणमा कुन महासागर पर्छ ? - कुमेरु महासागर
– नाइल नदीको बरदान भनिने इजिप्ट देश कुन महादेशमा पर्छ ? - अफ्रिका
– शुतुरमुर्ग अष्ट्रिच)को लागि प्रचलित महादेश कुन हो ? - अफ्रिका
– अध्यारो र कालो महादेश भनेर चिनिने महादेश कुन हो ? - अफ्रिका
– विश्वकै सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभूमि कुन महादेशमा पर्छ ? - अफ्रिका महादेश
– कुन महादेशलार्ई भू–मध्यरेखालेबीच भागमा काटेको छ ? - अफ्रिका
– अफ्रिका महादेशमा पर्नेे विश्वको सबैभन्दा लामो नदी कुन हो ? - नाइल (६६५० कि.मि.), इजिप्ट
– हालै वनेको नयाँ राष्ट्र« दक्षिणी सुडान कुन महादेशमा पर्दछ ? - अफ्रिका
– अफ्रिका महादेशमा सवैभन्दा बढी संख्यामा गोराजाति भएको देश कुन हो ? - दक्षिण अफ्रिका
– अफ्रिका महादेशलाई किन अँध्यारो महादेश भनी चिनिन्छ ? - काला जातिको
बाहुल्यता र विकासमा पछाडी भएकाले
– अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ? - भिक्टोरिया ताल
– अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ? - एटलास पर्वत
– अफ्रिका महादेशमा पाइने उष्ण सदावहार जंगललाई के भनिन्छ ? - Rain forest
– अफ्रिका महादेशका प्रमुख सहरहरू कुन कुन हुन् ? - कायरो-इजिप्ट, प्रिटोरिया, केपटाउन–दक्षिण अफ्रिका, ट्रिपोली–लिबिया, खार्तुम–सुडान आदि
– विश्वको सबभन्दा ठूलो हिरा खानी कुन हो ? - किम्बरखान – अफ्रिका
– क्षेत्रफलको हिसावले अफ्रिका महादेशमा पर्ने ठूला र साना देश कुन
हुन् ? - क्रमश : अल्जेरिया र सेसेल्स
– नयाँ विश्व भनेर अमेरिकालाई चिनिन्छ भने पुरानो संसार (Old World) भनेर कुन क्षेत्रलाई चिनिन्छ ? - Afro-Eurasia (अफ्रिका, एशिया र यूरोप)
– अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ? - भेल्ड
– सबै युगको प्राचीनतम् एवम् नवीनतम् संस्कृतिहरू पाइने एकमात्र महादेश
कुन हो ? - अफ्रिका
– अफ्रिका महोशका प्रमुख नदीहरू कुन कुन हुन् ? - नाइल, कंगो, नाइजर, जाम्वेजी आदि
– अफ्रिका महादेशलाई भौगोलिक आधारमा अर्को के नामले पनि चिनिन्छ ? - उच्च समस्थलीको
महादेश
– अफ्रिका महादेशको सवैभन्दा होचो भू–भाग कुन हो ? - लेक असाल
– विश्वमा सवैभन्दा बढी भाषिक बिबिधता भएको महादेश कुन हो ? - अफ्रिका
Thank you
ReplyDelete