वन, घाँस, दाउरा, काठ कृषि उपज आदिको
हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ ।
कृषि प्रधान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल
४०.३६% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र (४.३८%) समेतलाई लिँदा कूल
क्षेत्रफलमा ४४.७४% वन क्षेत्रले ढाकेको छ । वन रहेको उचाई, यसको प्रकृति, प्रकार विशेषता
आदिको आधारमा वनलाई निम्नानुसार विभाजन गरिएको छ:
१) उपोष्ण सदाबहार
वन
⦁ तराई भावर, दुन र चुरे पहाडको
करिब १,२०० मिटर (समुद्र सतहबाट) सम्मको उचाईमा अग्ला, मोटा तथा सदाबहार
प्रकृतिको रुखहरू पाइने वन क्षेत्रफललाई उपोष्ण प्रदेशीय सदाबहार वन भनिन्छ । यस
क्षेत्रमा वर्षा र तापक्रम प्रशस्त हुने ।
⦁ साल, सिसौ, खयर, सतिसाल, सिमल आदि कडा खालका
रुखहरू पाइने ।
⦁ चारकोशे झाडीको रूपमा समेत चिनिने
⦁ बाघ, भालु, गैडा, हात्ती तथा विभिन्न
चराचुरुङ्गी र अजिङ्गर, गोही सोस आदि घस्रने जीबहरू समेत पाइने
।
२) समशीतोष्ण मौसमी
पतझर वन
⦁ १,२०० देखि २१००
मिटरसम्मको उचाईमा मौसमी पतझर वन पाइन्छ । हिउँदमा पात झर्ने हुनाले यस्तो वनलाई
मौसमी पतझर वन भनिन्छ ।
⦁ साल, सल्ला, चाप, कटुस, ओखर, उत्तीस आदि रुखहरू
पाइने ।
⦁ वर्षा र तापक्रम बढी हुँदा यस क्षेत्रका वनका रुख अग्ला र मोटा
हुन्छन् ।
⦁ बाघ, भालु, हरिण, चितुवा जस्ता
जनावरका साथै विविध प्रजातिका पंक्षीहरू पाइने ।
३) कोणधारी वन
⦁ महाभारत पर्वतको
करिब २,१०० मिटरदेखि ३,३०० मिटरसम्म उचाईमा यस्तो वन पाइन्छ ।
⦁ बढीजसो समय ठण्डा हुने र हिउँ परिरहने
हुँदा यस्तो वनका रुखका पातहरू माथितिर चुच्चो परेको अर्थात कोण आकारको हुने हुँदा
कोणधारी वन भनिन्छ ।
⦁ सल्ला देबदारु, धुपी, कटुस प्राय चुच्चो
परेका रुखहरू पाइन्छन् ।
⦁ हरिण, मृग, घोरल जस्ता जनावरका
साथै डाँफे,मुनाल र च्याखुरा जस्ता पंक्षीहरू पाइन्छन् ।
४) लेकाली वन
(अल्पाइन वनस्पति)
⦁ ३,३०० मिटरदेखि ५,००० मिटरसम्मको उच्च
पहाडी तथा हिमाली प्रदेशमा यस प्रकृतिको वन पाइन्छ ।
⦁ वर्षैभरि चिसो र शुष्क जलवायु हुने हुँदा यहाँका रुखहरू होचा र
झाडीदार पाइन्छन् ।
⦁ करिब ३,६०० मिटरसम्मको उचाईमा झाडी र सोभन्दा
माथि सुख्खा घाँसयुक्त वनस्पति पाइन्छ ।
५) टुन्ड्रा वनस्पति
(हिमाली सुख्खा वनस्पति)
⦁ ५००० मि. माथिको उचाई, बाह्रै महिना हिउँ, वनस्पति प्रायः
नपाइने
⦁ हिमालका खोच र ढाँडमा काई र लेउ पाइने (वनस्पति विहीन क्षेत्र पनि
भनिने)
नेपालमा वन सम्पदाको
महत्व
⦁ वातावरण सन्तुलित बनाइराख्न ।
⦁ बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको न्यूनीकरण गर्न
⦁ पानीको स्रोतको रूपमा जंगल रहेको
⦁ निर्माणको आधार– काठका सामग्रीहरू, फर्निचर, घर, उद्योग आदिमा आवश्यक
⦁ पर्यटनको आधार
⦁ वन्यजन्तु वासस्थानको आधार रहेको
⦁ जडिबुटी, औषधीजन्य पदार्थको उत्पादन
समेत जंगलबाटै हुने
⦁ दाउरा, पतिङ्गर र कृषिजन्य अवशेषसमेत जंगलबाटै
पाइने
यिनै प्रमुख
कुराहरूले गर्दा नेपालमा वन सम्पदाको अत्यन्तै ठूलो महत्व रहेको छ ।
वन विनाशका कारणहरू
नेपालको सन्दर्भमा
वन विनासका निम्न कारणहरू रहेका छन् :-
⦁ गरिबी – स्थायी बसोवासको
ठेगाना नभएकाहरूले, जंगल फडानी गरी खेती गर्नु तथा
वासस्थान निर्माण गर्नु,
⦁ अशिक्षा – वन विनासको कारण हुन सक्ने जोखिम बारे
जानकारी नहुनु ,
⦁ बहुमूल्य काठका सामग्री तथा काठ नै चोरी गरी बिक्री गर्नु,
⦁ सरकारी अनुगमन, दण्ड सजायको पक्ष
कमजोर रहनु,
⦁ फडानी पश्चात
तुरुन्त वृक्षारोपणको साथै सो को संरक्षण प्रभावकारी नहुनु, सार्वजनिक विकास
निर्माण – सडक,भवन वा अन्य निर्माण गर्दा पनि वन फँडानी भएको,
⦁ जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रको वन सुक्दै जानु,
⦁ दैवीप्रकोप–आगलागी, बाढी, पहिरोले समेत वन
जंगल विनास हुने गरेको ।
वन संरक्षणका
उपायहरू
⦁ इन्धनको वैकल्पिक व्यवस्था गर्ने,
⦁ चोरी निकासी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सुरक्षाको
व्यवस्था गर्ने,
⦁ वृक्षारोपण कार्यलाई नियमित र प्रभावकारी बनाउने ,
⦁ वन संरक्षण र यसको फाइदाको सम्बन्धमा जनचेतना जगाउने ,
⦁ सार्वजनिक निर्माण
कार्य गर्दा जंगल विनास गर्न नपर्ने गरी गर्ने । (जस्तो : बाटो निर्माण, विद्युत लाइन
निर्माण को बखत)
⦁ दैवीप्रकोपबाट विनास भएको वनजंगल क्षेत्रमा तत्काल वृक्षारोपण गरेर
संरक्षण गरिहाल्ने ।
⦁ वन विनास, चोरी निकासी गर्ने जो कोहीलाई
हदैसम्मको दण्ड सजाय दिने ।
⦁ नेपालमा राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रको क्षेत्रफल बढाउने,
(नेपालको जम्मा संरक्षित क्षेत्र कूल क्षेत्रफलको झण्डै २३%)
⦁ कार्बन Trade
बाट नेपालले पुरस्कृत भएको वन
क्षेत्रलाई उदारणको रूपमा प्रचारप्रसार गर्ने ।
⦁ निजी वन कार्यक्रमलाई प्रोत्साहित गर्ने,
⦁ वनलाई समूदायमा
हस्तान्तरण गर्दै यसको संरक्षण र सम्बद्र्धनमा उपभोक्त समूहलाई जिम्मेवार र जवाफदेही वनाउनु
पर्ने,
⦁ वन जंगल संरक्षणबाट पुग्ने फाइदाप्रति जनतालाई सचेत तुल्याउने,
⦁ वन जंगलको विनाशबाट
निम्तिने प्राकृतिक प्रकोपप्रति जनसाधारणमा चेतना ल्याई उनीहरूलाई वृक्षारोपण
लगायतका कार्यक्रममा सहभागी गराउने ।
⦁ वन र वनस्पतिजन्य वन
औषधीहरूको प्रशोधन गरी व्यवसायिक रूपमा खेतीको व्यवस्था मिलाई त्यसबाट प्राप्त
लाभमा समुदायको साझेदारी बढाउने ।
nice sir,
ReplyDeletesir dharma saskriti sambandhi pani halnu paryo