एसिया महादेश सम्बन्धि महत्वपूर्ण
जानकारी
बिषयगत जानकारी
– पृथ्वीको
१० डिग्री दक्षिणदेखि ७८ डिग्री उत्तरी अक्षांश र २५ डिग्री पूर्वदेखि १७० डिग्री
पूर्वी देशान्तर सम्म फैलावट भएको सबैभन्दा ठूलो स्थलखण्ड करिब ४,४५,७९,००० वर्ग कि.मि. मा फैलिएको छ ।
– भूगोल
र जनसंख्या दुवै हिसावले एशिया विश्वको सवैभन्दा ठूलो महादेश हो ।
– यसले
पृथ्वीको कूल स्थल भागको २९.८७ प्रतिशत र पूरै पृथ्वीको ८.६ प्रतिशत हिस्सा ओगटेको
छ।
– यसको
पूर्वमा प्रशान्त महासागर, दक्षिणमा
हिन्द महासागर, पश्चिममा
यूरोप महादेश र उत्तरमा सुमेरू महासागर रहेको छ ।
– एसियालाई
विषमताको महादेश पनि भनिन्छ किनभने संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा, सबैभन्दा होचो भाग मृतसागर, सबैभन्दा बढी गर्मी हुने
जाकोवावाद, सबैभन्दा
चिसो साइवेरिया, सबैभन्दा
फराकिलो पठार तिब्बत, सबैभन्दा
उचाईको ताल तिलिचो, सबैभन्दा
गहिरो ताल बैकाल, सबैभन्दा
ठूलो प्रायद्विप अरब प्रायद्विप जस्ता विविधताहरू यसै महादेशमा पर्दछन् । विश्वको
सबैभन्दा बढी वर्षा हुने क्षेत्र भारतको चेरापुन्जी, सबैभन्दा गहिरो गल्छी नेपालको
काली गण्डकी (६९६७ मिटर) आदि यसै महादेशमा पर्दछन् ।
– यो
महादेशमा विश्व जनसंख्याको करिब ६० प्रतिशत मानिसहरू बसोबास गर्दछन् र ४६ देशहरू
रहेका छन् । (रसिया र टर्किलाई यूरोपमा गणना गरिएको)
– १२
वटा भूपरिबेष्ठित राष्ट्र रहेको एशियामा उज्वेकिस्तान दोहोरो भूपरिबेष्ठित राष्ट्र
हो जसलाई अफगानिस्तान, कजाकस्तान, किर्गिस्तान र ताजकिस्तान जस्ता
भू–परिवेष्ठित
राष्ट्रले घेरेका छन् ।
– एशिया
महादेशमा पर्ने प्रमुख नदीहरूमा याङ्से, गंगा, ह्वाङ्ग हो, मेकङ्ग, अमुर आदि हुन ।
• एक
प्रकाश वर्षमा कति दूरी हुन्छ ?
– ९५ खर्ब कि.मि.(२०६९, लो.से.आ.)
एसिया महादेश
सम्बन्धी महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर
– विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ? - एसिया
– एसिया
महादेशले बिश्वको कति प्रतिशत भू–भाग
ओगटेको छ ? - २९.८७%
– एसिया
महादेशको देशान्तरीय अवस्थिति कस्तो छे ?
- २५ डिग्री पूर्वी देशान्तरदेखि १७० डिग्री पूर्वी
देशान्तरसम्म
– एसिया
महादेशको अक्षांशीय फैलावट कति छ ?
- १० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी
अक्षांशसम्म
– एसिया
महादेशको सरदर लम्वाई कति छ ?
- ९६०० कि.मि.
– एसिया
महादेशमा कतिवटा भूपरिबेष्ठित राष्ट्रहरू छन् ? - १२
– एसिया
महादेशको पश्चिममा अवस्थित महादेश कुन हो ?
- यूरोप
– पृथ्वीमा
रहेका ७ महादेशहरू मध्ये विषमताको महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ? - एसिया
– एसिया
महादेशको सवैभन्दा लामो नदी कुन हो ?
- याङ्से
– एसिया
महादेशमा पर्ने विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचो कुन देशमा छ ? - नेपाल
– एसिया
महादेशस्थित नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ कति छ ? - ८,८४८ मि. (२९,०२८ फिट)
– सियाचीन
कुन महादेशको हिमनदीको नाम हो ?
- एसिया
– नेपालले
एसियाको कति प्रतिशत भाग ओगटेको छ ?
- ०.३%
– एसिया
महादेश सम्बन्धि बिषयगत
जानकारी
र उत्तर अमेरिका महादेशकोबीचमा कुन सागर छ ? - बेरिङ सागर
– पामिर
पठार कति उचाइमा अवस्थित छ ?
- लगभग ५००० मिटर
– पामिर
पठारलाई अर्को कुन नामले पनि चिनिन्छ ?
- संसारको छानो (Rooof of the World)
– एसिया
महादेशमा पर्ने विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? - म्याग्दी जिल्लाको दाना भन्ने
ठाउँमा कालीगण्डकी नदीले बनाएको गल्छी
– एसिया
र यूरोप महादेशको सीमानामा रहेको पर्वत कुन हो ? - यूराल पर्वत
– एसिया
महादेशमा पर्ने विश्वको सबभन्दा होचो उपत्यका कुन हो ? - अरुण
उपत्यका (नेपाल)
– एसिया
महादेशमा पर्ने विश्वको सबभन्दा बढी जनसंख्या भएको देश कुन हो ? - चीन
– विश्वको
दोस्रो बढी जनसंख्या भएको देश कुन हो ?
- भारत
– एसिया
महादेशमा पर्ने विश्वको सबभैभन्दा होचो भाग कुन हो ? - मृतसागर (इजरायल)
– विश्वमा
सबैभन्दा बढी वर्षा हुने ठाउँ कुन हो ?
- चेरापुञ्जी (भारत)
– एसिया
महादेशमा पर्ने विश्वको सबैभन्दा ठूलो ताल कुन हो ? - क्यास्पियन ताल
– एसिया
महादेशको सबैभन्दा ठूलो देश कुन हो ?
- चीन
– कुन
महादेशलाई Home of man भनी
चिनिन्छ ? - एसिया
0 comments:
Post a Comment