Sunday, September 3, 2017

नक्सासम्बन्धी सामान्य जानकारी

ठाउँ वा स्थानविशेषलाई चिनाउन तथा त्यसको अवस्थिति, क्षेत्रफल पहिचान गर्नका लागि नक्साको प्रयोग गरिन्छ । पृथ्वीको सतहका खास गरी भौतिक र राजनीतिक तथ्य एवं अवस्थाहरु देखाउनका लागि कोरिएको चित्रलाई नक्सा भनिन्छ । नक्सा रेखा चित्रबाट तयार गरिन्छ । भौतिक पक्ष देखाउने नक्सालाई भौतिक नक्सा (Physical Map) र राजनीतिक पक्षलाई देखाउने नक्सालाई राजनीतिक नक्सा (Political Map) भनिन्छ । असंख्य सूचनालाई केही पेजमा नक्साद्वारा प्रस्तुती गर्न सकिन्छ । नक्सामा ठाउँ अभावका कारण विभिन्न कुराहरु देखाउन संकेतको प्रयोग गरिन्छ जसको अर्थ नक्साको तल माथि कतै खुलाइएको हुन्छ । प्रयोजन देखाइएका विषय वस्तु र बनोटका आधारमा नक्सालाई तीन प्रकारमा विभाजन गरिएको पाइन्छ  ।
 
१)  साधारण नक्सा (General Map)
विभिन्न भौगोलिक र राजनीतिक स्वरुप तथा विषयवस्तु देखाउने नक्सालाई साधारण नक्सा भनिन्छ । 
२) जानकारीमूलक नक्सा (Thematic Map)
कुनै निश्चित विषयवस्तु स्पष्ट रुपले देखाउन बनाइएको नक्सालाई जानकारी मूलक नक्सा भनिन्छ । जस्तै : नदीनाला, तालतलैया आदि देखाउनको लागि निर्माण गरिएको नक्सा ।  
३) स्थलरुप नक्सा (Topographic Map)
ठूलो स्केल प्रयोग गरी मानव निर्मित वस्तुहरु तथा सिमित धरातलीय स्वरुप आदि देखाउनका लागि तयार गरिएको नक्सालाई स्थल रुप नक्सा भनिन्छ । जस्तै : सडक, उद्योग, पर्यटकीय स्थल आदि । 

नक्साको महत्व 
बृहद ज्ञानको संक्षिप्त प्रस्तुती गर्न सकिने ।
आकर्षक र बुझ्न सहज,
कम स्थान लिने,
पर्यटन, उत्पादन, भूमापन आदि क्षेत्रमा बढी उपयोगी,
नक्सा प्रामाणिक आधार समेत हुन सक्छ ।
बृहद निर्माणको पूर्वधारको रूपमा पनि नक्सालाई लिने गरिन्छ ।
नक्साको माध्यमबाट विभिन्न चरहरु वीच तुलना गर्न सकिने । आदि 

नक्साका विशेषताहरू/गुणहरू 
I. नक्साले सांकेतिक तथ्य प्रस्तुत गर्दछ ।
II. नक्साले शब्दमा व्यक्त गर्ने धेरैकुरा एकै पटक व्यक्त गर्न सक्छ ।
III. नक्साले समान्य लेखपढ गर्न नजान्ने समेतलाई सहयोग गर्छ ।
IV. नक्सा आकर्षक पाठ्य वस्तु र संकेत हो ।
V. ठूलो क्षेत्रफललाई आकारमा ल्याएर अध्ययन गर्न समेत यसले मद्दत गर्दछ ।

नक्साका आवश्यक तत्वहरु
I. नापनक्साको दुई points बीचको दुरी तथा समग्र क्षेत्रफल पत्ता लगाउन ।
II. नक्साको शिर्षक
III. दिशा (पूर्व पश्चिम उत्तर दक्षिण देखाउने)
IV. संकेत : नक्साका विभिन्न स्थानमा दिइने संकेत जस्तो खोला, राजमार्ग आदि ।
V. अधिकारिता र स्रोत : नक्सा कसले बनाएको, कुन स्रोतमा आधारित छ भन्ने कुरा आवश्यक हुन्छ । यसले विश्वासानियता सिर्जना गर्दछ ।


Related Posts:

1 comment: