बुध (Mercury)
v यो ग्रह सूर्यबाट सबैभन्दा नजिकको र सौर्य परिवारको सवैभन्दा सानो ग्रह हो ।
v यस ग्रहको कुनै पनि उपग्रह रहेको छैन ।
v यो ग्रह सूर्यबाट ५७९.०९ लाख कि.मि. टाढा छ भने यस ग्रहको व्यास ४८७९.०९ कि.मि. रहेको छ ।
v यस ग्रहलाई सूर्यको परिक्रमा गर्न ८८ दिन र आफ्नो अक्षमा परिक्रमा गर्न ५८.६५ दिन लाग्दछ ।
v यस ग्रहमा सूर्यको भाग तर्फको तापक्रम ४०० डिग्री सेन्टिग्रेड र सूर्य नपर्ने भागको तापक्रम २७३ डिग्री सेन्टिग्रेडसम्म हुने गर्दछ ।
शुक्र (Venus)
v सौर्यमण्डलमा रहेका ग्रहहरूमध्ये शुक्र ग्रहले सूर्यलाई केन्द्र वनाई दोस्रो स्थानमा रहेर परिक्रमा गर्दछ ।
v शुक्र ग्रहको भार तथा आकार लगभग पृथ्वी जति नै छ भने
यसमा कार्वनडाईअक्साइडको मात्रा झण्डै ९०% भन्दा बढी रहेको छ ।
v आफ्नो उपग्रह नभएको यो ग्रह सूर्य उदाउँदा पूर्व दिशामा देखिने र सूर्य अस्ताउँदाको समय पश्चिम दिशामा देखिने हुँदा यस ग्रहलाई विहान तथा बेलुकाको तारा समेत भन्ने गरिन्छ ।
v पृथ्वीको जुम्ल्याहा ग्रह पनि भनिने ।
v पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह शुक्र हो । बादल जस्तै पदार्थले सधै नै ढाकिरहने हुदा यस ग्रहलाई हालसम्म पनि प्रष्ट देख्न सकिएको छैन । त्यसैले यसलाई Planet of Mistry पनि भनिन्छ ।
v यस ग्रहलाई आफ्नो अक्षमा घुम्न २४३.०२ दिन र सूर्यको परिक्रमा गर्न २२४.७० दिन लाग्दछ ।
v यो ग्रहको रङ रातो रहेको छ ।
v सन् १९६२मा USA को अन्तरीक्षयान मेरिनर – २ ले यस ग्रहको सफल यात्रा तय गरेको थियो
यसमा कार्वनडाईअक्साइडको मात्रा झण्डै ९०% भन्दा बढी रहेको छ ।
मंगल (Mars)
v यस ग्रहको नाम रोमन युद्ध देवता मार्सको नामबाट राखिएको हो ।
v सतहको रंग रातो भएकोले रातो ग्रह Red Planet_ भनिने मंगल ग्रह सूर्यबाट चौथो नजिकको ग्रह हो ।
v सूर्यबाट यस ग्रहको दूरी २२७९.४४ लाख कि.मि.छ ।
v यस ग्रहले आफ्नो अक्षमा परिक्रमा गर्न १.०३ दिन -Earth Day_ लगाउँछ ।
v यस ग्रहका २ वटा उपग्रह फोवोस र डिमोस रहेका छन् ।
v मंगल ग्रहको सबैभन्दा अग्लो पर्वत Nix Olympia हो जुन सगरमाथाभन्दा ३ गुणा अग्लो छ ।
v मंगल ग्रह अन्य ग्रहको तुलनामा हालसम्म सबैभन्दा बढी अनुसन्धान गरिएको र मानव वस्ती रहन सक्ने वायूमण्डल तथा पानीका रेसाहरू समेत रहेको भन्ने प्रमाणहरू अनुसन्धानहरूबाट प्राप्त भएको पाइएको छ । जुन कुरा अमेरिकाको नासा संस्थामा अध्यायनरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझासमेतको टिमले पत्ता लगाएका थिए ।
v यस ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ्ग १ (सन् १९७६) हो ।
बृहस्पती (Jupiter)
v यस ग्रहलाई ग्रहहरूको राजा King of Planets भनिन्छ । यो ग्रह नै सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह हो ।
v यो ग्रहको नाम रोमन देवताहरूका राजा जुपिटरको नामबाट नामाकरण गरिएको थियो ।
v यस ग्रहका सबैभन्दा बढी ६७ वटा उपग्रहहरू रहेका छन् ।
v यस ग्रहको ११३९८२२ कि.मि. व्यास छ । भने सूर्यबाट झन्डै ७७८३.४१ लाख कि.मि. टाढा र पृथ्वीभन्दा ३१८ गुणा ठूलो रहेको छ ।
v यस ग्रहले सूर्यलाई परिक्रमा गर्न ११.८६ बर्ष र आफ्नै अक्षमा परिक्रमा गर्न ०.४१ दिन (Earth Day) लगाउँछ ।
v यो सौर्य मण्डलमा सवैभन्दा छोटो दिन हुने ग्रह हो ।
शनी (Saturn)
v यस ग्रहको नाम रोमन भूमिदेवताको नामबाट राखिएको हो ।
v यस ग्रहका ६२ वटा उपग्रहहरू रहेका छन ।
v यस ग्रहलाई सूर्यको परिक्रमा गर्न २९.४४ बर्ष लाग्दछ ।
v यस ग्रहको रङ पहेलो भएकोले यस ग्रहलाई Yellow Planet पनि भनिन्छ ।
v यस ग्रहलाई आफ्नो अक्षमा १ फन्को लगाउन ०.४४दिन (Earth Day) लाग्दछ ।
v यस ग्रहको वायुमण्डल घेरा ring ले घेरीएको छ ।
v टिटन यस ग्रहको सबैभन्दा ठूलो उपग्रह हो ।
v शनीग्रहलाई पत्ता लगाउने बैज्ञानिक ग्यालिलियो हुन ।
v यो ग्रह सूर्यबाट १४२६६.६६ लाख कि.मि.टाढा रहेको छ ।
v सौर्यमण्डलका ग्रहहरू मध्ये सवैभन्दा सुन्दर ग्रह शनीलाई मानिन्छ
अरुण (Uranus)
v अरुण सौर्यमण्डलको तेस्रो ठूलो ग्रह हो ।
v यो ग्रहलाई ग्रीन प्लानेट पनि भनिन्छ ।
v यो ग्रह सूर्यबाट करीब २८७०८.५८ लाख कि.मि. दूरीमा रहेको छ र यस ग्रहलाई सूर्यको परिक्रमा गर्न ८४.०२ वर्ष लाग्छ ।
v यस ग्रहका २७ वटा उपग्रहहरू रहेका छन् ।
v यस ग्रहको तापक्रम १८४ सेन्टिग्रेड रहेको छ ।
v यस ग्रहको वायुमण्डल मिथेन ग्यासले भरिएर रहेको छ ।
v यस ग्रहलाई आफ्नो अक्षमा परिक्रमा गर्न ०.७२ दिन (Earth Day) लाग्ने गर्दछ ।
सन् १७८१ मा सर विलियम हरसेलले खोजी गरेको यस ग्रहलाई असफल ग्रहको उपनामले समेत चिनिन्छ ।
v यस ग्रहको नाम रोमन देवता शनीका पिताको नामबाट नामाकरण गरिएको थियो ।
बरुण (Neptune)
v सन् १८४६ मा जर्मन खगोलशास्त्री जोहन गालेले यो ग्रह पत्ता लगाएका थिए ।
v यो ग्रह सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह हो ।
v यस ग्रहको रङ आकाशे निलो रहेको छ ।
v यस ग्रहको १४ बटा उपग्रहहरू रहेका छन् ।
v यस ग्रहले सूर्यलाई परिक्रमा गर्न १६४.७९ वर्ष लाग्दछ ।
v यस ग्रहको व्यास ४९२४४ कि.मि. रहेको छ ।
v यस ग्रहलाई आफ्नो अक्षमा घुम्न ०.६७ Earth Day लाग्दछ ।
v यस ग्रहको वायूमण्डलमा मिथेन ग्यास रहेको छ ।
v यस ग्रहको तापक्रम १७९ सेन्टिग्रेड रहेको छ ।
v यस ग्रहले सन् १८४८ मा शुरु गरेर सन् २०११मा सूर्यको १ पटक परिक्रमा गरेको छ ।
v जलदेवताको ग्रहको रूपमा चिनिने र आफ्ना उपग्रहहरूले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह पनि बरुण ग्रह हो ।
0 comments:
Post a Comment