नेपालको भौगोलिक अवस्थिति
दक्षिण एसियामा विश्वका २ ठूला शक्ति
सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको नेपाल २६ डिग्री २२ मिनेट उत्तरी
अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी
देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।
कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल)
रहेको नेपालले विश्वको कूल भू—भागको ०.०३% र एसिया महादेशको ०.३% भू—भाग ओगटेको छ । नेपालको पूर्व पश्चिम
लम्बाई ८८५ कि.मि. छ । उत्तर दक्षिण चौडाई अधिकतम २४१ कि.मि., न्यूनतम १४५ कि.मि.
र सरदर चौडाई १९३ कि.मि. रहेको छ ।
नेपालका २ जिल्ला ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुवै तर्फको सिमाना छुन्छन् ।
नेपालका २ जिल्ला ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुवै तर्फको सिमाना छुन्छन् ।
नेपालको प्रमाणिक समय निर्धारण
नेपालको प्रमाणिक समय गौरीशंकर
हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण
गरिएको छ । जुन प्रमाणिक समय ग्रिनवीच समय भन्दा ५ घन्टा ४५ मिनेट छिटो छ । यो
वि.सं. २०४२ बैशाख १ देखि लागू गरिएको हो ।
नेपालको सिमाना
नेपालको पूर्वपश्चिम र दक्षिणी
सिमानामा भारतको ५ वटा प्रान्तहरू (उत्तराञ्चल, उत्तर प्रदेश, बिहार, सिक्किम र पश्चिम
बंगाल) पर्दछन् । नेपालको उत्तर दक्षिणको चौडाई भाग ३०० कि.मि. र पूर्व पश्चिमको
लम्बाई ८८५ कि.मि. गरी जम्मा ११८५ कि.मि. दूरीको लम्बाई सिमाना भारतसँग जोडिएको छ
भने उत्तरतर्फ चीनको स्वशासित प्रदेश तिब्बत पर्दछ । जुन ८५० कि.मि. दूरीको
लम्बाईसँग जोडिएको छ । नेपालको सिमाना निम्न बिन्दुसम्म फैलिएको छ:
⦁ नेपालको सबैभन्दा
उत्तरी बिन्दु : हुम्लाको चाङ्ला भन्ज्याङ्ग,
⦁ नेपालको सबैभन्दा
पूर्वी बिन्दु : ताप्लेजुङ,
⦁ नेपालको सबैभन्दा
दक्षिणी बिन्दु : झापा (लोदावरी) र
⦁ पश्चिमी बिन्दु : कञ्चनपुरको दोधारा
हो ।
⦁ नेपाल देखि नजिकको
समुद्र : (बंगालको खाडी) ११२६
कि.मि. टाढा रहेको छ ।
⦁ नेपालका २ जिल्ला
ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुवै तर्फको सिमाना छुन्छन् ।
हिमाली प्रदेश
⦁ समुन्द्री सतहको करिब ३००० मिटरदेखि
८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भू–भागलाई हिमाली
प्रदेश भनिन्छ ।
⦁ उत्तर–दक्षिण २५ कि.मि. देखि ५० कि.मि.सम्मको
चौडाईमा फैलिएको यो प्रदेशले नेपालको कूल क्षेत्रफलको १५ % भू–भाग ओगटेको छ ।
⦁ पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश
पूर्वमा खुम्चिएको र पश्चिममा फैलिएको छ ।
⦁ भू—बनौटको हिसाबले यो हिमाली प्रदेशलाई
पनि मुख्य हिमालय, भित्री हिमालय र सीमान्त हिमालय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।
⦁ नेपालको राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको
कूल जनसङ्ख्याको ६.७३% जनता यस प्रदेशमा बसोवास गर्दछन् ।
⦁ नेपालको १६ जिल्लाको अधिकांश भू—भाग यही प्रदेशमा
पर्दछ भने विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत प्रमुख हिमशिखरहरू यसै क्षेत्रमा
पर्दछन् ।
⦁ यस क्षेत्रमा खासगरी शेर्पा, थकाली, भोटे, मनाङी आदि जातिका
मानिसहरू बसोवास गर्दछन् भने मुख्य पेशाका रूपमा पशुपालन र पशुजन्य उत्पादनलाई लिन
सकिन्छ ।
हिमाली प्रदेशका विशेषताहरू
⦁ देशको कूल क्षेत्रफलको १५ प्रतिशत भू–भाग ओगटेको ।
⦁ बहुमूल्य जडिबुटीहरू तथा दुर्लभ
वन्यजन्तुहरू पाइने
⦁ ठूला–ठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल ।
⦁ विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा
विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल यही क्षेत्रमा
⦁ अवस्थित रहेको,
⦁ अधिकांश समय हिउँले ढाक्ने हुँदा चिसो
र शुष्क हावापानी तथा उब्जाउयुक्त भूमि कम,
⦁ बौद्ध धर्मावलम्बीको बाहुल्यता,
⦁ पशुपालन मुख्य व्यवसाय,
⦁ पर्यटकीय दृष्टिले महत्वपूर्ण
हिमचुचुरा एवम् पदमार्गहरू आदि ।
पहाडी प्रदेश
⦁ तराई प्रदेशको उत्तर तथा हिमाली
प्रदेशको दक्षिणमा समुन्द्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा
झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।
⦁ नेपालको कूल क्षेत्रफलको ६८% भू–भाग ओगटेको,
⦁ नेपालका ३९ जिल्लाहरू र पाँचै विकास
क्षेत्रका सदरमुकामहरू पर्ने ।
⦁ नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार
कूल जनसङ्ख्याको ४३.०१% प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।
⦁ कृषि पेशा नै यहाँको प्रमुख पेशा,
⦁ भित्री पहाड (मध्य भूमि), महाभारत लेक तथा
शिवालिक श्रेणी गरी ३ उप–क्षेत्रमा बाँड्न सकिन्छ ।
⦁ यहाँ ब्राम्हण, क्षेत्री, किराँत, गुरुङ, मगर, तामाङ, राई, लिम्बू आदि
जातजातिको बसोवास स्थल रहेको छ ।
पहाडी प्रदेशका विशेषताहरू
⦁ देशको कूल क्षेत्रफलको करिब दुई तिहाई
भू–भाग ओगटेको,
⦁ पाँचै विकासक्षेत्रको सदरमुकामहरू यही क्षेत्रमा
रहेको,
⦁ विविधतायुक्त रहनसहन, भेषभुषा तथा
संस्कृतिको थलो,
⦁ हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको,
⦁ कृषि तथा नोकरीलाई प्रमुख व्यवसायको
रूपमा अपनाइने गरेको,
⦁ देशको राजधानी काठमाण्डौ यसै क्षेत्रमा
पर्ने,
⦁ मनोरम एवम्
स्वस्थ्यकर हावापानी आदि ।
तराई प्रदेश
⦁ नेपालको सबैभन्दा दक्षिणी भागमा
उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतहबाट ७० मिटर देखि ६०० मिटरसम्मको
उचार्र्ईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
⦁ उत्तर दक्षिण फैलावट २५ देखि ३०
किलोमिटरसम्म रहेको,
⦁ नेपालको कूल क्षेत्रफलको १७ % भू–भाग ओगटेको यस
क्षेत्रमा नेपालका २० जिल्ला पर्दछन् ।
⦁ नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार
नेपालको कूल जनसङ्ख्याको ५०.२७% जनसङ्ख्या बसोवास गर्ने ।
⦁ यस क्षेत्रमा मैथिली, भोजपुरी, अवधि, थारु जस्ता भाषा
समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
⦁ औद्योगिक, व्यापारिक एवम्
यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूला—ठूला औद्योगिक
सहरहरू रहेका छन् ।
⦁ उब्जाउ जमिनको प्रधानताको कारण यस
भूमिलाई नेपालको ‘अन्नको भण्डार’ समेत भन्ने गरिन्छ ।
⦁ यस क्षेत्रलाई मूख्य तराई, भावरप्रदेश र भित्री
मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।
तराई प्रदेशका विशेषताहरू
⦁ नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू–भाग तराई क्षेत्रमा
पर्ने,
⦁ औद्योगिक, व्यवसायिक तथा
आर्थिक, सामाजिक विकासका दृष्टिले अन्य प्रदेशको तुलनामा अगाडि रहेको,
⦁ नेपालको अन्न भण्डारको रूपमा चिनिने, अत्यन्त गर्मी, धेरै वर्षात, उब्जाउ जमिन, घना बस्ती रहेको,
⦁ भारतीय रहनसहन र संस्कृतिको बढी प्रभाव
भएको,
⦁ मैथिली, भोजपुरी, अवधि, थारु जस्ता भाषा समुदायका विभिन्न
जातजातिहरूको बसोवास रहेको ।
नेपालको भौगोलिक विशेषताहरू
⦁ नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो
दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको
छ ।
⦁ नेपाल २६ डिग्री २२ मिनेट उत्तरी
अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट
पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।
⦁ कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल)
रहेको नेपालले विश्वको कूल भू—भागको ०.०३% र एसिया महादेशको ०.३% भू—भाग ओगटेको छ ।
⦁ नेपालको प्रमाणिक समय गौरीशंकर
हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण
गरिएको छ ।
⦁ फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका
दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारको हावापानी पाइन्छ हावापानीको आधारमा ऋतुहरूको विभाजन गरिएको छ ।
⦁ नेपाल हिमाल, पहाड र तराई जस्तो
भौगोलिक विविधता भएको मुलुक हो ।
⦁ विश्वकै गहिरो अरुण उपत्यकादेखी
सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ ।
⦁ जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि
विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
दशगजा
नेपाल र भारतबीच सन् १८१६ मा भएको
सुगौली सन्धि पछि नेपालको भू–भाग पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म सीमित हुन जाँदा नेपालको
दक्षिणी भेग र भारतवीचको सीमा छुट्याउन प्रयोग भएको दश गज चौडाई भएको भू–क्षेत्र नै दशगजा हो
। यो सीमाक्षेत्र कहाँ–कहाँबाट गएको छ भनी निश्चित अन्तरमा विभिन्न आकार र उचाईका खम्बाहरू
गाडिएका छन् ।
नयाँ मुलुक
सन् १८५७ मा भारतमा भएको सैनिक बिद्रोह
दबाउन इष्ट इण्डिया सरकारलाई सहयोग गरेवापत नेपालको सुगौली सन्धिका बखत गुमाउनु
परेका तर फिर्ता पाएका भू–भागलाई ‘नयाँ मुलुक’ भनेर चिनिन्छ । ती चार जिल्लामा हाल नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
जिल्ला पर्दछन् । यस भू–भागलाई फिर्ता दिलाउने विषयको सन्धिमा नेपालका तर्फबाट जंगबहादुर राण
र इण्डियाका तर्फबाट एल के जर्ज ट्याम्जेबाट सन् १८६०नोभेम्बर १ मा हस्ताक्षर भएको
थियो ।
राम्रो छ
ReplyDeletegood
ReplyDelete